Logo

भारतमा इदको दिन धेरै ठाउँमा हड्ताल, खरगोनमा कर्फ्यू



एजेन्सी, २० बैशाख । पुलिसले मंगलबार बिहान जोधपुरको जालोरी गेट क्षेत्रमा भीडलाई तितरबितर पारेको छ । खरगोनमा कर्फ्यूको समयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

राजस्थानको जोधपुरमा सोमबार राति झण्डा र लाउडस्पीकर राख्ने विषयमा दुई समुदायबीच ढुंगा हानाहान भएको हो । यो विवाद मंगलबार फेरि चर्किने देखिएको छ । यहाँको जलोरी गेट क्षेत्रमा आज बिहान एक समुदायका मानिसहरु भेला भएर फेरि अराजकता फैलाउने प्रयास गरेका छन् । सो क्षेत्रमा ढुंगा हानेर आगजनीका घटना पनि भएका छन् ।

प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरी सर्वसाधारणलाई तितरबितर पारेको थियो । सोही क्रममा आतङ्ककारीले २० भन्दा बढी सवारी साधनको सिसा तोड्नुका साथै कयौं एटिएममा तोडफोड गरेका छन् । आजको ढुंगा प्रहारमा एक प्रहरी पनि घाइते भएका छन् । यसअघि सोमबार राति पनि दुई पक्षबीच दुई पटक झडप भएको थियो । घटनामा ३ जना पक्राउ परेका छन् ।

मंगलबार अनन्तनागको मस्जिदबाहिर ढुंगामुढा भएको थियो । इदको नमाजपछि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । यसैबीच, मध्य प्रदेशको खरगोनमा भएको दंगाको २२ दिनपछि कर्फ्यूको बीचमा चाडपर्व मनाइँदैछ । सुरक्षालाई ध्यानमा राख्दै यहाँ करिब १३ सय प्रहरी परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्