काठमाडौं, २० बैशाख । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कठोर कदम चालेको भन्दै न्यायको लागि १० खेलाडीहरु राष्ट्रिय खलेकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयलमा पुगेका छन् । खेलाडीहरुले आज राखेप सदस्यसचिव टंकलाल घिसिङलाई भेट्न जादैछन् । सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँ भेट गरेका थिए ।
बिहिबार रोहित चन्दलगायत खेलाडीहरुले पत्रकार सम्मेलन गरी अल्मुताइरीले आफूहरुले जायज विषय उठाउँदा धम्की दिएको बताएका थिए । चन्दलाई केही चोट लागेपछि टिममा नराख्ने अल्मुताइरीको योजना बुझेपछि विवाद चलेको थियो । चन्दले होस्टलमा समस्याहरु रहेको विषय पनि उठाएका थिए ।
मुख्य प्रशिक्षक अल्मुताइरी विवादमा आइरहन्छन् । उनले विगतमा मुख्य प्रशिक्षकको जिम्मेवारी छाड्ने घोषणा गरेका थिए । तर, फेरि फर्काइएका थिए ।