Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको आशंका, आन्तरिक उडान पुरै ठप्प



काठमाडौं, बैशाख २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समुहले बम राखेको हल्लापछि आन्तरिकतर्फको उडान ठप्प भएको छ ।

अज्ञात व्यक्तिले विहान ९ः४० मा पहिलो र ९ः५१ मा पुनः फोन गरेर आन्तरिकतर्फको टर्मिनलमा ५–६ वटा बम राखेको विमानस्थल टावरलाई जानकारी दिएपछि यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

सुचना पाएलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहित सर्च अपरेसन सुरु गरिएको छ । १० बजेदेखि सर्च अप्रेसन सुरु भएपनि कुनै शंकास्पद वस्तु फेला नपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

सुचनादिने व्यक्तिको समेत खोजिकार्य सुरु भएको छ । आन्तरिकतर्फको उडान ठप्प रहेपनि अन्तर्राष्ट्रियतर्फका उडानहरु भने जारी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्