Logo

निर्वाचनको लागि नेविसंघले बनायो केन्द्रीय प्रचार समिति (सुचीसहित)



काठमाडौं, २१ बैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लागि नेपाली कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा.प्रकाश शरण महतको अध्यक्षतामा नेपाल विद्यार्थी संघले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनका निम्ति नेविसंघ केन्द्रीय समितिले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको अध्यक्ष दुजाङ शेर्पाले बताए ।

केन्द्रीय प्रचार प्रसार समितिमा जुम्लाका अंकित खड्का, पोखराका अनिता सुवेदी, पालुङटारका अनिल थपलिया, धनगढीका अशोक भट्ट लगायत रहेका छन् ।

नेविसङ्घले प्रत्येक स्थानीय तहमा एक÷एक प्रतिनिधि परिचालन गरेको छ । परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र कांग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

नेविसङ्घले खटाएका प्रतिनिधिले पार्टीले खटाएका प्रतिनिधिसँग सहकार्य गरेर प्रत्येक मतदान केन्द्रमा स्वयम्सेवकको रुपमा युवा विद्यार्थीलाई परिचालन गर्ने उनले बताए ।

यसैबीच नेविसङ्घले काँग्रेसका उम्मेदवारलाई वडा तहमा विजय गराउनका लागि एक हजार ५९१ सदस्यीय प्रचारप्रसार समितिसमेत गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot