एजेन्सी, २१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोप भ्रमणका क्रममा नोरडिक देशका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले बुधबार नोरडिक देशका नेताहरुसँग कोपनहेगनमा इन्डिया नोरडिक सम्मेलनमा छलफल गरेका हुन् ।
दोस्रो इन्डिया-नोरडिक समिटमा डेनमार्क, आइसल्यान्ड, फिनल्यान्ड, स्वीडेन र नर्वेका प्रधानमन्त्रीहरु सहभागी थिए । भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रविधि, लगानी, ऊर्जा, आरटिक रिसर्चलगायतका विषयमा छलफल भएको बताएका छन् ।
यसअघि सन् २०१८ मा इन्डिया-नोरडिक सम्मेलन भएको थियो । मोदी यूरोप भ्रमणका क्रममा जर्मनी पुगेका थिए । उनी भारत फर्कने क्रममा फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोनलाई भेट्ने कार्यक्रम छ ।-Photo Source: Agency