Logo

पाकिस्तान र बङ्गलादेश प्रेस स्वतन्त्रतामा खराब स्थितिमा



एजेन्सी, २१ वैशाख । दक्षिण एशियाली देशहरुमध्ये पाकिस्तान र बङ्गलादेश प्रेस स्वतन्त्रताको खराब स्थितिको सूचीमा परेका छन् । रिपोर्टर्स विथआउट बोर्डरले तयार गरेको वल्ड प्रेस फ्रिडम इन्डेक्समा दुई देश खराब स्थितिमा देखिएका हुन् ।

पाकिस्तान सूचीमा १५७औं स्थानमा परेको छ । बङ्गलादेश १६२औं स्थानमा छ । पाकिस्तान १२ स्थान झरेर १५७औं स्थानमा पुगेको हो । गत वर्ष पाकिस्तान १४५औं स्थानमा थियो ।

अफगानिस्तान १५६औं स्थानमा छ । पाकिस्तानभन्दा उसको एक स्थान मात्र माथि हो ।

प्रेस स्वतन्त्रतामा सबैभन्दा तल्लो स्थानमा उत्तर कोरिया रहेको छ । उसको १८०औं स्थान छ । एशियाली मुलुक म्यानमार पनि १७६औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्