Logo

विमानस्थलको बमको हल्लाको चासो विदेशसम्म



काठमाडौं, २१ वैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आजको बमको हल्ला विश्वभर फैलियो । यो हल्लामा मात्र सिमित भयो ।

दुई घन्टाको बीचमा दुईवटा फोन कलबाट बम राखिएको भनिएपछि विमानस्थल नै ठप्प भयो । ६ देखि ७ वटासम्म बम आन्तरिक उडान गर्ने विमानस्थलको क्षेत्रमा राखिएको हल्ला थियो ।

भारतीय समाचार एजेन्सी एएनआइले पाकिस्तानबाट बमको हल्लाको कल आएको उल्लेख गरेको छ । फोन कल गर्नेले सलाम वालेकुम भनेर खतरा रहेको भनेको थियो । उक्त कल गर्ने व्यक्ति पुरुष रहेको भनिएको छ । फोन कल पाकिस्तानबाट आएको विषय एएनआइले अधिकारीको भनाई भन्दै उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot