Logo

आज राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छापिने



काठमाडौं, २१ बैशाख । स्थानीय तहको निर्वाचनका लागि आज (बुधबार) राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छपाइको काम सकिने भएको छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ । आजसम्म सबै मतपत्र छपाई सकिने भनिएको थियो । तर, स्वतन्त्र उम्मेद्धवारहरु बढेको कारण मतपत्र छपाईमा केही ढिलाई भएको जनाएको छ ।

आयोगको एक पदाधिकारी अनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्‍न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने जनाईएको छ ।

आयोगले हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्