काठमाडौं २२ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले दुईजना केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी विहिन बनाएको छ ।
पार्टीले केन्द्रीय सदस्यद्धय दीपक चलाउने र गुणराज लोहनीको केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको हो । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको विज्ञप्तीमा उनीहरुले चलाउने र लोहनीले पार्टी फुटाउने, जनक्रान्ति विसर्जन गर्ने कार्य गरेकाले जम्मेवारी खोसेको जनाइएको छ ।
पार्टीले केही दिन अघि हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासित गरेपछि उनीहरुले आफ्नो पक्षको भेला गरेर विप्लव र प्रकाण्डलाई पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।