काठमाडौं, २२ बैशाख । भरतपुर महानगरको मेयरमा गठबन्धनकी साझा उम्मेद्धवार रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्वलायक काम गरेको दाबी गरेकी छिन् । दाहालले आफूले पाँच वर्षको अवधिमा विकास निर्माणका थुप्रै काम गरेको फेहरिस्त सुनाईन् ।
आज (बिहीबार) सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पु¥याएका छौं ।’
उनले यो पाँच वर्षको अवधिमा विकासको काम धेरै भएको भन्दै यसलाई कास्टिङको रुपमा लिन आग्रह गरिन् । अब निर्वाचित भएपछि फिल्म देखाउने पनि उनको भनाई थियो ।