Logo

नेविसंघको केन्द्रीय प्रचार प्रसार समितिमा धादिङका विवेक उप्रेती मनोनित



काठमाडौं, २३ बैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले धादिङ्गका जुझारु युवा नेता विवेक उप्रेतीलाई केन्द्रीय प्रचार प्रसार समितिमा मनोनयन गरेको छ ।

नेविसंघले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठित केन्द्रीय प्रचार प्रसार समितिमा उप्रेतीलाई मनोनित गरेको हो ।

नेपाली कांग्रेसको स्थानीय तह प्रचार प्रसार समिति अन्तर्गत केन्द्रीय प्रचार प्रसार समितिका संयोजक कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतको अध्यक्षतामा नेपाल विद्यार्थी संघले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको हो ।

उप्रेतीले नेविसंघ प्रचार प्रसार समितिको जिम्मेवारी दिएकोमा अध्यक्ष दुजाङ्ग शेर्पा प्रती आभार प्रकट गरेका छन् । र, पाएको जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनी लामो समयदेखि नेविसंघको राजनीतिमा कृयाशिल युवा हुन् ।

 



प्रतिक्रिया दिनुहोस्