Logo

कांग्रेस नेता महरको आरोप- एमालेले जनतासँग ९८ प्रतिशत झुट बोल्यो



धनगढी, २३ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनतासँग एमालेले ९८ प्रतिशत झुट बोलेको आरोप लगाएका छन् ।

डडेलधुरामा शुक्रबार आयोजित एक कार्यक्रममा नेता महरले २०७४ को निर्वाचनमा विजय भएका स्थानीय तहमा घोषणापत्रअनुसार काम नगरेर एमालेले जनतालाई झुक्याएको आरोप लगाएका हुन् ।

एमालेले जनभावना अनुरूप काम नगरेको आरोप लगाउँदै उनले भने, ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ । व्यवहार ठिक उल्टो गर्छ । घोषणापत्रमा वाचा गरेअनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ । ९८ प्रतिशत झुट बोलेको छ । अब एमालेको झुटको खेती टिक्दैन ।’

कांग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताउँदै उनले भने, ‘कांग्रेस जनताको पार्टी हो । हामीलाई सधैँ जनताको माझमा जानु छ । भ्रम छरेर एक पटक त चुनाव जितिएला । तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिनेछन् ।’

देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सृजना गर्न महरको आग्रह छ ।



प्रतिक्रिया दिनुहोस्