काठमाडौं, २३ बैशाख । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफु अझैपनि ‘मेयरसाप’कै उपाधिले चिनिने बताए ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै २०५४ सालमा अत्यधिक मतसहित महानगरको मेयरमा निर्वाचित भएका स्थापितले आफुलाई अझैपनि सबैले मेयरसाप भनेर बोलाउने गरेको सुनाए ।
‘अहिले पनि मलाई मेयर साप भन्छन् के, ठुलो परिचय छ मेरो, मलाई सर कसैले पनि भन्दैनन्, मन्त्री ज्यु पनि कसैले भन्दैनन् । मलाई आमरुपमा मेयर साप भन्छन् ।’ स्थापितले भने,‘मेरो आग्रह मेयर सापलाई पुनः मेयर बन्न पाउँ भन्ने मात्र हो । जनताको सेवा गर्न पाउँ । मैले मेरो परिचय खुलाउन नै परेन किन मतदान गर्नू भन्न नै परेन किन नगर्ने भन्ने प्रश्न पो आउँछ ।’
नेकपा एमालेका उम्मेदवार स्थापितले आफु हाँस्य कलाकार हुन पर्ने बताए । उनले आफुमा जति अन्य उम्मेदवारमा रसिलोपन नभएको समेत टिप्पणी पनि गरे । ‘म जत्तिको जिम, ध्यान र योग गर्ने मान्छे सबैले पाउँ छर ?’
Photo : Mukunda kalikote