Logo

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध 



दिलमाया शाही/जुम्ला, २३ वैशाख : हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो ।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले  सेवा अवरुद्ध हुन पुगेको हो ।

काठमाडौंबाट सामान मगाइएको उनले जानकारी दिए ।

उनले भने, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’

सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot