Logo

शिक्षकनै नक्कली परेपछि…



काठमाडौं, २३ बैशाख । पाँचथरको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रा.वि. शिक्षक (करार) बिरजु कुमार गक्षदारमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

विद्यालयका शिक्षक शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको उजुरीको आधारमा अख्तियारले गक्षदारलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा गक्षदारले शौक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी शिक्षकमा नियुक्तिसमेत लिई आफूलाई लाभ हुने बदनियत राखी भ्रष्टाचार गरेको पुष्टि भएको थियो ।

कानुन अनुसार माग दाबी गर्दै गक्षदारमाथि २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot