Logo

ओलीको अहंकारवाद पराजित हुँदैछः रामेश्वर श्रेष्ठ



काठमाडौं, २३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीबाट काठमाडौं महानगरपालिकामा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहंकारी भनेका छन् । उनले काठमाडौंमा आयोजित गठबन्धनको सभामा बोल्दै ओलीको अहंकार पराजित हुने बताए ।

‘अहंकारवाद पराजित हुन्छ,’ श्रेष्ठले भने,‘गठबन्धन बनाइदिने अवस्था बनाएकोमा धन्यवाद ।’

मेयरकी उम्मेदवार सृजना सिंह सबैको प्रीय र मिहेनती भएको बताए । आफूहरु मिलेर महानगरपालिकालाई सुन्दर र उदाहरणीय बनाउने बताए ।
महानगरपालिकामा आजको काम आजै हुने व्यवस्था गर्ने बताए । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्