Logo

ओली हावादारी भएकाले हावादारी केशव स्थापितलाई उम्मेदवार बनाएः इन्द्र बानियाँ



काठमाडौं, २३ वैशाख । नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हावादारीको संज्ञा दिए । उनले ओलीले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार केशव स्थापित पनि हावादारी भएको टिप्पणी गरे ।

‘ओली हावादारी मान्छे भएकाले हावादारी केशव स्थापितलाई उम्मेदवार बनाए,’ आज काठमाडौंमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै भने,‘केशव स्थापित कहिले पूर्व त कहिले पश्चिम खालका मान्छे हुन् ।’ अनुशासन नभएको मान्छेलाई टिकट दिएर ओलीले काठमाडौंलाई उपहासको ठाउँ बनाउन खोजेको आरोप लगाए ।

सृजना सिंह देशको प्रधानमन्त्री त्यागेका गणेशमान सिंहको बुहारी भएको बताउँदै काठमाडौं महानगरपालिकाले त्यागी परिवारबाट आएको मेयर पाउन लागेको बताए । उनले महानगरले महिला मेयर पाउनुलाई गर्वको विषय मान्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot