Logo

भ्रष्टाचारमुक्त बन्दिपुर बनाउने संकल्पसहित चुनावी मैदानमा प्रधान



बन्दिपुर, २३ बैशाख । बन्दिपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानले भ्रष्टाचारमुक्त बन्दिपुर अभियान संचालन गर्ने घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसार कार्यक्रममा बोल्दै गाउँपालिका भ्रष्टाचारको दलदलमा फसेको भन्दै भ्रष्टाचारमुक्त अभियान संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।

नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवारी दिएका प्रधान समाजसेवामा पनि संक्रिय छन् । उनले ऐतिहासिक बन्दिपुर अस्पताललाई स्वास्थ्य माफियााको हातबाट जोगाउन पर्नेमा जोड दिए । अस्तव्यस्त भएको बन्दिपुर अस्पताललाई व्यवस्थित गरी अस्पतालमै शल्यक्रिया गर्ने व्यवस्था समेत मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बन्दिपुर गाउँपालिकामा शैक्षिक संस्थाको अवस्था अत्यन्तै नाजुक भएको उल्लेख गर्दै प्रधानले शिक्षाको स्तर वृद्धि गरी सामुदायिक विद्यालयलाई नीजि विद्यालयसँग प्रतिस्पर्धी बनाउने पनि बताए । शिक्षामा आमुल परिवर्तन ल्याउने उनले जिकिर गरे ।

साथै बन्दिपुरमा पर्यटन, कृषि र भौतिक पुर्वाधारमा ठुला, मझौला र साना तीन खण्डमा विभाजन गरी रोजगारीको सिर्जना गर्ने उनको अठोट छ ।

गाउँपालिकाका प्रत्येक निर्णयलाई पारदर्शी बनाउनुका साथै प्रधानले सिमान्तकृत वर्गको पहिचान गरी गरिबी न्युन गर्न भत्ताको व्यवस्था मिलाउने र पुर्ण रुपमा स्वास्थ्य बीमालाई कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot