Logo

पाकिस्तानका मन्त्रीमाथि आतंककारी समूहसँग साँठगाँठको आरोप



एजेन्सी, २३ वैशाख । पाकिस्तानका नवनियुक्त आन्तरिक मामलामन्त्री राना सनाउल्लाहमाथि आतंकवादी समूहसँग साँठगाँठको आरोप लागेको छ । पाकिस्तानको विपक्षी दलले संयुक्त राष्ट्रसंघलाई आरोप लगाउँदै पत्र नै लेखेको छ ।

पाकिस्तानका ३० वर्ष यता नियुक्त अधिकांश आन्तरिक मामलामन्त्री माथि आतंककारी समूहसँग साँठगाँठको आरोप लाग्दै आएको छ ।

पाकिस्तानका मानवअधिकार मामलामन्त्री सिरेन मजारीले लेखेको पत्रमा रानाको नाम उल्लेख नगरिएपनि लस्कर ए तोइबासँग साँठगाँठको आरोप छ ।

यसअघि इमरान खानको सरकारका पालाका आन्तरिक मामलामन्त्री शेख रसिद अहमदमाथि पनि सशस्त्र समूहसँग साँठगाँठको आरोप लागेको थियो । विगतमा बेनजिर भुट्टो सरकारका पालाका आन्तरिक मामलामन्त्री जसिरुल्लाह बबरमाथि पनि तालिवानलाई जन्माउन भूमिका खेलेको आरोप लागेकोथियो ।



प्रतिक्रिया दिनुहोस्