Logo

निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्री वितरणमा राेक



पोखरा, २४ वैशाख : जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ३० वैशाखमा हुने हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिराजन्य सामग्रीहरुको विक्री वितरणमा पूर्ण रुपमा बन्द गर्न कार्यालये उर्दी जारी गरेको हो ।

निर्वाचन प्रचार प्रसारमा रक्सी पिएर हिंसात्मक गतिविधि हुन सक्ने आँकलन गर्दै प्रशासनले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार रात्रीकालीन व्यवसायमासमेत कडाई गरिएको छ ।

पोखराका पर्यटन व्यवसायीसगँको छलफलपछि उक्त निर्णय गरिएको हो । व्यवसायीले सरकारको निर्देशन पालना गर्ने बचन दिएका छन् । वैशाख २७ गते राति १२ बजेपछि मौन अवधिभर मदिना विक्रि वितरण पूर्णरूपमा बन्द गरेर मात्रै व्यासाय सञ्चालन गर्ने निर्णय गरिएको हो । प्रशासनले विज्ञप्ति निकालेर रक्सीजन्य पदार्थ नबेच्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot