Logo

फूलकुमारी महतो मेमोरियल अस्पतालले मनायो १०औं वार्षिकोत्सव



काठमाडौं, २४ बैशाख । सिरहाको कर्जन्हा नगरपालिकामा रहेको फूलकुमारी महतो मेमोरियल अस्पतालले आफ्नो स्थापनाको १०औं वर्ष मनाएको छ । वार्षिकोत्सवको अवसरमा अस्पताल प्रशासनले उत्कृष्ट भूमिका निर्वाह गर्ने कर्मचारी र पारामेडिक्सहरुलाई सम्मान गरेको थियो।

अस्पतालका संस्थापक अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले उनीहरुलाई सम्मान गरेका थिए । साथै, सो अवसरमा महतोले नयाँ कर्मचारीहरुलाई स्वागत गरेका थिए। अस्पतालले छोटो समयमा सबैको मन जितेको भन्दै आगामी दिनमा अझै प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।

अस्पतालका चिकित्सक डा. श्याम कुमार साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अस्पतालको तर्फबाट प्रियंका काफ्लेले स्वागत मन्तव्य राखेकी थिईन् । साथै, डा. गंगाप्रसाद मण्डलले अस्पताल र यसले पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा डा. मनोज कुमार कौशल, डा. हरिराम ठाकुरलगायतले आफ्नो मन्तव्य राखेक ाथिए । कार्यक्रमको सञ्चालन भने अरबिन्द झाले गरेका थिए । फूलकुमारी अस्पतालबाट सिरहा, धनुषा र उदयपुरका जनता लाभान्वित भएका छन् । यो अस्पताल प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतो र उनका भाईहरु डा. वीरेन्द्र महतो र डा. सुरेन्द्र महतोले आमाको नाममा खोलेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot