Logo

सदन खुल्नासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्ने प्रचण्डको भनाई



जनकपुरधाम,२४ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot