अर्घाखाँची, २४ बैशाख । कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले) ले जित हासिल गरेको मालारानी गाउँपालिकामा आउँदो वैशाख ३० गते हुने निर्वाचनमा संयुक्त गठबन्धनले जित हाँसिल गर्ने दाबी गरेकी छिन् ।
आज (शनिबार) मालारानी ५ बाँगीको गुराँसेमा आयोजित चुनावी सभामा बोल्दै क्षेत्रीले यस्तो दाबी गरेकी हुन् । चुनाव नजिएकाले दुई चार दिनको लागि विभिन्न प्रलोभन देखाएर आकर्षण गर्नेप्रति जनता सचेत भएको पनि उनले बताईन् । गठबन्धनको तर्फबाट पालिका अध्यक्षमा पदम क्षेत्री र उपाध्यक्ष पदमा शोभाकर खनालले उम्मेद्धवारी दिएका छन् । उनले गठबन्धनका उम्मेद्धवारहरुले जित्ने आधार बनाइसकेको समेत स्प्ष्ट पारिन् ।
क्षेत्रीले ५ नम्बर वडामा गठबन्धनको तर्फबाट विष्णुप्रसाद आचार्य लगायतका उम्मेदवारहरु रहेकाले भारी मतका साथ जित हाँसिल समेत गर्ने धारणा राखिन् । अर्घाखाँचीमा सबैभन्दा बढि चासोका साथ हेरिएको उक्त पालिकामा गठ्बन्धनका उम्मेद्धवारले जित्ने आधार धेरै नै रहेको उनको भनाई छ ।
क्षेत्रीले जनताको चाहाना अनुसार एमालेको नेतृत्वले काम गर्न नसकेकोले पनि गठबन्धनको नेतृत्वलाई मतदाताले रुचाएको बताईन् । कार्यक्रममा पाँच दलीय गठबन्धनका उमेदवार तथा नेता कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो ।