Logo

स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा



काठमाडौं, बैशाख २५। काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापित र उपमेयर सुनीता डंगोलले काठमाडौंका घरघरमा पुगेर मतदाताको शुभेच्छा लिइरहेका छन् ।

शुक्रबार र शनिबार बालाजु, सोह«्रखुुट्टेलगायतका क्षेत्रमा घरदैलो गरेका उनीहरूले मतदाताको आशीर्वादले आपूmहरूको जित सुनिश्चित भएको बताएका छन् । मेयरका उम्मेदवार स्थापितसँगै एमालेबाटै मेयरका लागि दाबी गर्दै आएका काठमाडौं क्षेत्र नम्बर ७ का सांसद तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर र काठमाडौंका हालका नगर प्रमुख विद्यासुन्दर शाक्य पनि सँगै देखिएका थिए । तीनै जना एकै ठाउँमा भएर स्थापितको प्रचारप्रसारमा हिँडेका थिए ।

काठमाडौं महानगरपालिका–१६ मा पर्ने बालाजु बाइपास क्षेत्रमा मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार सुनीता डंगोलसहितको टोली साघुँरा गल्ली छिचोल्दै घरदैलोमा पुगेको थिए । त्यस क्रममा स्थापितले विगतमा पनि आपूmले काठमाडौँमा सुधारका थुप्रै काम गरेकाले पुनः एकपटक अवसर दिन आग्रह गरेका थिए ।

घरदैलो टोलीसँग बिदा भएपछि मेयरका उम्मेदवार स्थापितले काठमाडौंका कला, संस्कृति र सम्पदा क्षेत्रका अगुवासँग छलफल गरेका थिए । स्थापितले काठमाडौंको भित्री सहरमा बस्ने, यहाँको भाषा, कला, संस्कृति, सम्पदा, संगीतको क्षेत्रमा लामो समयसम्म आबद्ध अभियन्तासँग छलफल गरेका थिए ।

त्यसलगत्तै स्थापित काठमाडौंका गुठियारसँगको छलफलमा सहभागी भए । मृत्यु संस्कार, जात्रा व्यवस्थापन र अरू सामाजिक कामको अगुवाइ पनि गुठीहरूले गर्छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot