Logo

एमाले अध्यक्ष ओलीले आज बुटवल र भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने



काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)ले आज चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दैछ। सभालाई  पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अहिले विहान १०ः३० बजे मतदातालाई अपिल गर्न काठमाडौंमा बोलाइएको पत्रकार सम्मेलन सकेर अध्यक्ष ओली बुटवलतर्फ लाग्ने कार्यक्रम रहेको छ ।

एमाले चितवन नारायणढको क्याम्पाचौरमा दिउँसो १२ बजे आम सभाको कार्यक्रम राखेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे लगायतका नेता र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पनि सम्बोधन गर्नेछन्।

यस्तै, बुटवल वाणिज्य क्याम्पस नजिक हुने चुनावी सभामा अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताले सम्बोधन गर्न एमालेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot