काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद विनोदकुमार चौधरीले जनता कांग्रेसको पक्षमा मतदान गर्न उत्साही रहेको बताएका छन् । गृहजिल्ला नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ मा निर्माण हुन लागेको कांग्रेस क्षेत्रीय कार्यालयको शिल्यान्स गर्न चौधरी यतिवेला नवलपुरमा नै छन् ।
कांग्रेस पूर्व महामन्त्री डा. शशांक कोइराला पनि नवलपुरमै छन् । चौधरीले सामाजिक सञ्जालमार्फत जनता कांग्रेसको पक्षमा मतदान गर्न उत्साही रहेको उल्लेख गरेका हुन् ।उनले लेखेका छन्–’गृह जिल्ला नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ मा निर्माण हुन लागेको नेपाली कांग्रेस क्षेत्रीय कार्यालयको शिलान्यास गरिएको छ । नेपाली कांग्रेसका पक्षमा मतदान गर्न जनताहरु निकै उत्साही रहेको पाइएको छ ।’
गृह जिल्ला नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ मा निर्माण हुन लागेको नेपाली कांग्रेस क्षेत्रीय कार्यालयको शिलान्यास गरिएको छ । नेपाली कांग्रेसका पक्षमा मतदान गर्न जनताहरु निकै उत्साही रहेको पाइएको छ । pic.twitter.com/XqVwcN8ZPE
— Binod Chaudhary (@BinodKChaudhary) May 8, 2022