काठमाडौं, २५ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रीकालीन उडान सहित १८ घण्टा उडान भर्न दिएको निर्देशनप्रति आक्रोशित भएका नीजि हवाई कम्पनीहरुले अब निर्देशन अनुसार उडान भर्ने भएका छन् ।
अन्तत: उनीहरु दैनिक १८ घण्टा सम्म उडान भर्न सहमत भएका हुन् । नेपाल वायुसेवा सञ्चालक संघको समस्या समाधानको लागि गठित उप–समितिले पहल गरेको हो ।
सोही उपसमितिकै पहलमा दैनिक १८ घण्टा उडान गर्ने गरी सहमति जुटेको हो । तर, सबै उडान कम्पनीहरु भने यसमा बाध्यकारी नहुने जनाइएको छ । अब आवश्यकता, उपयोगिता र क्षमताको आधारमा तत्काल उडान भर्न सक्ने भएका छन् ।
गत बैंशाख १६ गते हवाई क्षेत्रको नियामक तथा व्यवस्थापक नागरिक उड्ययन प्राधिकरण, वायुसेवा सञ्चालक संघ र निजी हवाई कम्पनीका प्रतिनिधिहरुको बैठकले ९ सदस्यीय समस्या समाधान उपसमिति गठन गरेको थियो ।