Logo

भोजपुरमा महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार



भोजपुर, २५ बैशाख । नेकपा एमाले भोजपुरको षडानन्द नगरपालिकामा महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

तामाङको टाउकोमा गम्भीर चोट लागेको र चार टाँका लगाइएको प्रहरीले जनाएको छ । उपचारपश्चात घाइते तामाङको स्वास्थ्य अहिले सामान्य छ ।

षडानन्द नगर कमिटीका सबै राजनीतिक दलको नेतृत्वले संयुक्त विज्ञप्ति निकालेर तामाङमाथिको आक्रमणको निन्दा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्