Logo

के थाहा तिमी ढुङ्गाको रहेछौ



प्रकाश रायमाझी

सद्भाव राखी हामीले निम्ता दिएका थियौँ
तिमीले चाहिँ पराई ठानी तिरस्कार गरेछौ,
मूर्ति भनि पूजा गरेको थियौँ ढुंगा पो परेछौ

चेला/चपेटाको विनम्रता कमजोरी सम्झेछौ
निम्ता दिँदा धेरै ठाउँ जुधेको धक्कु दिएछौ,
आउने बाटोमा फूल सजाई राखेका थियौँ
तिमीले काँडा पो ठानेछौ ।

आँखामा राखी सजाई राखेका थियौं
कसिङ्गर भनी तिमीले फालेछौ,
हामीले तिमीलाई भगवान सम्झिन्थ्यौँ
के थाहा तिमी ढुङ्गाको रहेछौ ।

विवेकशील अभिभावक सम्झन्छौं
होइन रहेछौ तिमी त पक्षपाती रहेछौ,
दया र करुणा मनमा रहेनछ ।

अभिभावक ठानेको होइन रहेछौ,
खोपी भित्र टासिएका जुका मात्र तिम्रा रहेछन् ।

नि:स्वार्थ भावले सद्भाव राख्नेहरु मन पर्दो रहेनछ।

सिंगो देशको अभिभावक ठानेको होइन रहेछौ ।

चाटुकार व्यापारी मात्र तिम्रा रहेछन्
नगद चढाउने तिम्रा रहेछन्

लन्च डिनर खुवाउने व्यापारी तिम्रा रहेछन् ।

यो देशको अभिभावक होइन रहेछौ,
डिस्कोमा नाच्न सक्छौ सद्भाव राख्ने तिरस्कार गर्नसक्छौं

देशभक्त राष्ट्रभक्त चिन्दैनौ
चाटुकारको ओठे भक्तिमा रमाउन सक्छौं।

देश भक्तहरूको भावनालाई महसुस गर्न सक्दैनौ ।

जोखाना हेरेर चाटुकारले भन्दैमा देशभक्त प्रतापी बन्न सक्दैनौ ।

पानीको फोका देख्दैमा समुन्द्र हुँदैन् ।
चाटुकारहरुले उफ्रेको भरमा केही हुन्न ।
अभिभावक बन्नु ओठे कुराले मात्र हुँदैहुन्न।
देशभक्त हुन त्याग तपस्या बिना हुन्न।
सद्भाव राख्नेलाई उपेक्षा गर्नु हुन्न।
चाटुकार को कथामा रमाएर देशभक्त हुन्न।

हिमाल जस्तो शीर, तराई जस्तो छाती चाहिन्छ।

कुखुराको जस्तो छातीले सबैलाई समेट्न सकिन्न ।

दुइ/चार मान्छेले पुग्नेभए यो देश पाइन्न ।

देशको प्रतीक सम्झेको भुल भएछ ।
सबैको साझा सम्झेको यो देशको अभिभावक होइन रहेछ ।

फूलहरुले सजाएको उनको लागि काँडा भएछ।

चाहिँदैन तिम्रो दया र निगाहा चाटुकार भए पुग्छ।

अभिभावक सम्झेको होइन रहेछन्।
गणेशजी नाममा पठाएको निम्ता तिरस्कार गरेछन् ।

अंहकार र घमण्डले अझ छाडेको रहेनछन्।

चाटुकारको फुर्ति देख्दैमा दिक्क नगर्नुपर्ने भुलपो गरेछौ।

देवता भनी निमित्त पठाएको अर्कैमा परेछौ ।

चाटुकारको पनि फुर्ति देख्दा नगर्नुपर्ने भुल गरेछौं।

अभिभावक सम्झेको भुल भएछ।



प्रतिक्रिया दिनुहोस्