Logo

रुकुम पश्चिममा कांग्रेस र माओवादीको संयुक्त अपिल : मित्रवत् प्रतिस्पर्धा गरौं



रुकुम, २६ बैशाख । रुकुम पश्चिमको चौरजहारीमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त अपिल जारी गरेका छन् । गत बैशाख २४ गते माओवादीका कार्यकताले कांग्रेस कार्यकर्ता र सर्वसाधारणको घर–घरमा पसेर कुटपिट गरेका थिए ।

माओवादीको कुटपिटबाट कांग्रेसका लक्ष्मण बोहोराको अवस्था गम्भिर रहेको छ भने २ जना महिलासहित अन्य घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ।

दुई दलले संयुक्त विज्ञप्ती निकालेर मैत्रीपुर्ण सम्बन्ध कायम राख्न अपिल गरेका छन् । रुकुम कांग्रेसका संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले हाल भइरहेका झडपजन्य गतिविधिहरु तत्काल रोकी मैत्रीपुर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सृजना गर्न सहमति भएको जनाएका छन् ।

उक्त सहमति जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको भन्दै सबैले सहमति पालना गर्न दुई पार्टीले अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot