Logo

संविधान निर्माणमा ओलीको भुमिका थिएन : कांग्रेस



काठमाडौं, २६ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर लगाएको आरोपको खण्डन गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवत्ता प्रकाश शरण महतले ओलीले आफ्नो कमजोरी लुकाउन कांग्रेसमाथि विभिन्न आरोप लगाएका बताए ।

महतले ओलीकै पालाका काण्डै काण्ड भएको समेत दाबी गरे । उनले नेकपामा तत्कालीन नेताहरुले उनीहरुकै काण्डहरु लिखित रुपमै दर्ता गरेको समेत बताए ।

प्रवत्ता महतले कांग्रेसले उल्लेखनिय काम गरेको उल्लेख गर्दै कोभिड र भुकम्पमा जनतालाई जोगाउने कांग्रेस नै भएको समेत उनले दाबी गरे ।
उनले संविधान निर्माणमा ओलीको कुनै भुमिका नरहेको भन्दै ओली संविधान र अग्रगमनको विरोधमा रहेको समेत आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्