Logo

कर्जन्हाको वडा नम्बर-११ को अध्यक्षमा भरोसी यादवको पल्लाभारी, पाका नेता रामअवतार राईको पनि साथ



काठमाडौं, २६ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्जन्हा नगरपालिकाको वडा नम्बर ११ मा स्वतन्त्रबाट अध्यक्षमा उम्मेद्धवारी दिएका रामभरोसी यादवको पल्ला भारी भएको छ । उनी समर्थकहरुले यादवको जित सुनिश्चित भएको समेत दाबी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का सक्रिय नेता यादव पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट अध्यक्षको उम्मेद्धवार बनेका छन् । उनलाई सो क्षेत्रका सबैभन्दा पाका कम्युनिष्ट नेता रामअवतार राईको समेत साथ रहेको छ । ०७४ को निर्वाचनमा पनि यादवले वडा अध्यक्षमा दाबी गरेका थिए ।

तर, पार्टीको निर्णय मान्दै ०७४ मा पछि हटेका यादव यसपटक भने रोकिएनन् । उनी कर्जन्हा नगरपालिकामा नै लोकप्रिय नेताको रुपमा परिचित छन् । उनको चुनावी कमाण्डरको रुपमा युवा नेता भरत महतो, समाजसेवी मनोज राई, छोरा अजय यादवलगायत खटिएका छन् ।

समृद्ध वडा बनाउन र सुशासन कायम गर्नको आफ्नो उम्मेद्धवारी भएको यादवको भनाई छ । यादव युवा पुस्तादेखि पाको पुस्तासम्म नै लोकप्रिय मानिन्छन् । जनताको सेवामा अहोरात्र खट्नको लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँदै यादवले आफू विजयी भए आम मतदातासामू गरेको वाचा पूरा गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । यादव गुलाफको फूल चिन्हबाट चुनाव लडेका हुन् ।

कर्जन्हा नगरपालिकाको मेयरमा स्वतन्त्रबाट लामो सयम शिक्षण पेशामा रहेका नेकपा (माओवादी केन्द्र) निकट युगेश्वर राउत र सेवा निर्वित शिक्षक कल्याणी ढुङ्गानाले मेयर तथा उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्