विपिन देव: कूटनीतिको स्वरुप र प्रारुप परिवर्तित हुने गर्दछ । कूटनीतिका विभिन्न आयामहरु मध्ये सांस्कृतिक कूटनीति पनि एक महत्वपूर्ण अभ्यास हो । हरेक देशले कुनै न कुनै रुपमा सांस्कृतिक कूटनीति अपनाएको हुन्छ । सन् १९४६ ताका अमेरिकाले ‘फुल व्राइट’ क्रार्यक्रम अन्र्तगत १५८ देशहरुमा छात्रावृतीको कोटा निर्धारण गरको थियो । सन् १९५६ मा स्वीइजरल्याण्डले टेलीभीजन कार्यक्रमको माध्यमबाट आफ्नो संस्कृति र सभ्यतालाई फैलाउन अथक प्रयास गरेको थियो । सन् १९७१ तका अमेरिका र चीन बीच सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन ‘पिंक पौंकू समूह’ नै गठन गरिएको थियो । सन् २०१४ मा भारतीय संस्कृती र दर्शनलाई संसार भरी फ्रैलाउन मोदीले संयुक्त राष्ट्र संघमा अन्तराष्ट्रिय योग दिवस मनाउन प्रस्ताव राखेका थिए । प्रस्तावलाई १७७ वटा मूलुकहरुले अनुमोदित गरेका थिए ।
२१ जुन का दिन संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय योग दिवस मनाउन विधिवत घोषणा गरे । सांस्कृतिक कूटनीतिलाई संस्थागत गर्न पनि शक्ति सम्पन्न राष्ट्रहरुले संस्था नै निर्माण गरेको पाइन्छ । बेलायतले अंग्रेजी साहित्य, संस्कृती, कला र अन्य पक्षलाई फैलाउन ब्रिटिश काउन्सिलको स्थापना गरको छ भने चीनले कनफुयसियस संस्था संसारभरी परिचालित गरेको छ । अमेरिकाले अमेरिकी सेन्टर संञ्चालन गरेको छ भने भारतले आइ.सि. आर भन्ने संस्था निर्माण गरेको छ ।
वास्तवमा सांस्कृतिक कूटनीति द्विपक्षीय हुने गर्दछ । धर्म, संस्कृती, सम्पदा, कला र परम्परालाई फैलाउनु मात्रै सांस्कृतिक कूटनीति होइन । अरु देशको सम्पदा र संस्कृतिलाई आफु अनुकुल ग्रहण गर्नु पनि कूटनीति हो । यस सम्बन्धमा गान्धीको भनाई बडो रोचक देखिन्छ । गान्धी अनुसार हामीले आफ्नो घर को ढोका र झ्याललाई खुल्ला राख्नु पर्दछ । अर्थात हामीले बाहिरबाट आएको हावाबाट आफूलाई बन्चित राख्नु हुँदैन । यसको अर्थ यो होइन कि बाहिरको हावा र दुरीले हाम्रो घरभाई प्रभावित गरोस । अर्को शब्दमा भन्ने हो भने हामीले अरुको संस्कृतिलाई आफ्नो अनुकुल ग्रहण गर्नु पर्दछ । भारतीय सांस्कृतिक कुटनीतिका नायकका रुपमा नरेन्द्र (स्वामी विवेकानन्द) लाई लिइन्छ । सन् १८९३ मा नरेन्द्रले सांस्कृतीक कूटनीतिको प्रयोग सिकागो मा गरेका थिए भने सन् २०१४ मा अर्को नरेन्द्र (मोदी) ले सांस्कृतीक कूटनीतिको प्रयोग संयुक्त राष्ट्र संघमा गरेका थिए ।
सांस्कृतिक कूटनीतिलाई ‘सफ्ट पावर’ को रुपमा लिइन्छ । भारतीय कूटनीतिमा सांस्कृतिक कूटनीतिको प्रचुर मात्रामा प्रयोग पाइन्छ । योगको वढ्दो लोकप्रियता, भारतीय सिनेमा जगतको प्रगति र विकास, वैदिक चिन्तन र भारतीय दर्शन प्रतिको ८ विकास, वैदिक चिन्तन र दर्शन प्रतिको आकर्षणले गर्दा सांकृतीक कूटनीतिको अभ्यास बढिरहेको छ । पूर्वीय एसियाका मूलुकहरुमा भारतले धर्म र संस्कृतिको पहिचानलाई बढाउन कम्बोडिया, इनडोनेशिया, लाओस्, थाइल्यान्ड जस्ता अरु मूलुकहरुमा विभिनन गुरुयोजनाहरु बढाएको छ ।
नेपाल भारत सम्वन्धमा सांस्कृतिक कूटनीतिले ठुलो महत्व बोकेको पाइन्छ । नेपाल– भारतको सांस्कृतिक सामीत्यतालाई सुगा रटान गरेर कूटनीति प्रयोगमा ल्याउनु अर्थहीन हुन जान्छ । अर्थात नेपाल–भारतको सांस्कृतीक सामीप्यतालाई विकास र समृद्धिको चश्माबाट विष्लेशण गर्नु आवश्यक देखिन्छ । विगतका वर्षहरुमा भारतका प्रधानमन्त्री मोदीले नेपालका विभिन्न धार्मिक स्थलहरुको यात्रा गरेका छन् । यी मध्ये जनकपुर, मुक्तिनाथ, र पशुपतिनाथ प्रमुख हुन् । समाचार श्रोत अनुसार आउने गई १६ मा प्रधानमन्त्री मोदी लुम्वीनि यात्रा गर्ने छन् । वास्तवमा विगतको यात्रा लाई प्रचुर मात्रामा लाभ लिन नेपाल सरकारले सफलता हासिल गरेको छैन । आवश्यक पूर्वाधारको कमी, पर्यटक मैन्त्री वातावरणको अभाव, कोरनाको कहर, कानुनी अडचन जस्ता अनेकौँ कारणले गर्दा नेपालले धार्मिक पर्यटकहरुलाई आकर्षण गर्न सकेको छैन ।
मोदीको पशुपतिनाथ, मुक्तिनाथ र जनकपूर यात्रालाई विश्वका संञ्चारगृहले यथेष्ट ठाउँ दिएता पनि नेपाल सरकारको आवश्यक तयारीको कमीले गर्दा यात्रालाई नेपालको हित अनुसार पूँजीकृत भएको छैन । संसारको जनसंख्याको १६ प्रतिशत हिन्दू र ७ प्रतिसत बृद्ध धर्मालम्बी छन् । हरेक राष्ट्रले धर्मको आधारमा पर्यटकहरुलाई निमन्त्रणा गर्ने कार्यक्रम चलाएको पाइन्छ । संसारका ५७ वटा मुलुकहरुले आफुलाई इश्लामीक राष्ट्रको रुपमा नै घोषणा गरेका छन् । संसारका एक चौथाई जनसंख्या इश्लामीक धर्मालम्बीको रहेको छ । इश्लामीक राष्ट्रहरुमा धार्मिक पर्यटनको विकास भइरहेको छ । अपेक्षाकृत हिन्दू धर्मालम्बीहरु आर्थिक र शैक्षिक रुपमा अब्वल भएतापनि यसमा यथोचित ध्यान दिएको छैन । सन् २०१४ मा मोटीको आगमनका साथै धार्मिक पर्यटनलाई राष्ट्रीय गौरबको योजनामा नै राखेको पाइन्छ । बुद्ध सर्किट र रामायण सर्किट यी मध्ये प्रमूख हुन् । भारत सरकारले बुद्ध सर्किट निर्माणका लागी २०,००० करोड भारतीय मुद्रा विनयोजन गरेको छ भने रामायण सर्किटको विकास पनि तिव्र गतिले बढीरहको छ ।
नेपालले हिन्दू र बौद्ध धर्मालम्बीहरुलाई आकर्षण गर्न आवश्यक गुरुयोजना अगाडि बढाउनु पर्दछ । इन्डोनेशीया इश्लामिक राष्ट्र हुन । संसारका सर्वाधिक इश्लामीक जनसंख्या भएको मूलुकनै इफोनेशिया हो । तर इनडोनेशीया विश्वका छैटौँ पर्यटक गन्तब्यको कारण हिन्दू पर्यटक हो । अर्थात इन्डोनेशीयाको वाली भन्ने ठाउँले विश्वका हिन्दूहरुलाई आकर्षण गरेको छ । अमेरीका र यूरोप लगायत विश्वका विभिन्न ठाउँमा उच्च आर्थिक क्षमता भएको पर्यटकहरु हिन्दु र वुद्ध धर्ममा आस्था राख्ने व्यक्तिहरु छन् ।
नेपालले धार्मिक पर्यटनलाई विकास गरेको खण्डमा पूर्वी एसिया, भारत, अमेरिका र यूरोपका पर्यटकहरु आकर्षण हुन सक्दछ । मोदीको लुम्बिनी यात्रालाई भारतका पाँच हजार सञ्चार गृहले पक्कै नै ठाउँ दिने छ । नेपालले यो यात्रालाई राजनीतिक हानी र लाभलाई परित्याग गरी र दलीय स्वार्थलाई त्याग गरी आर्थिक चश्माबाट आवश्यक गृहकार्य गर्नु पर्दछ । नेपालले श्रीलंका र पाकिस्तानको आर्थिक अवस्थाबाट पाठ सिक्दै विदेशी मूद्रा भण्डारणको लागी पर्यटन विकासलाई अर्जुन दृष्टि बनाउनु पर्दछ ।