Logo

इच्छाराम तामाङको सीटीसी मल लिलामीमा



काठमाडौं, २६ बैशाख । कर्मचारी सञ्चयकोषले सुन्धारास्थित सीटीसी मल लिलामी विक्रि गर्ने भएको छ । ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका घरजग्गा व्यवसायी इच्छाराम तामाङको ५० प्रतिशत शेयर रहेको उक्त मलमा कर्जा तिर्न नसकेपछि सञ्चयकोषले लिलाम विक्रिमा राखेको हो ।
सञ्चयकोषले ३५ दिने सार्वजनिक लिलामीको सुचना जारी गरेको छ । उक्त मलमा १३२ वटा सटर रहेका छन भने मल कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण भएको छ । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङ हाल प्रहरीको हिरासतमा छन् ।

ऋण तिर्न दिएको ३५ दिने सुचनाको समय सकिदाँ पनि मलका प्रतिनिधि तथा जमानीहरु कोही ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रुपमा रहेको महल नै लिलामी विक्रिमा राखेको जनाएको छ । कोषले ऋण तिर्न गत मंसिर ६ गते ३५ दिने सार्वजनिक सुचना जारी गरेको थियो ।

उक्त मलको सञ्चालकमा तामाङसहित केशवलाल श्रेष्ठ, प्रवीण मुखिया रहेका छन् भने लालकाजी गुरुङ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य व्यक्तिगत जमानीका रुपमा बसेका थिए ।

सुन्धरास्थित कित्ता न. २४२४ को क्षेत्रफल ६–०–०–० (६ रोपनी) जग्गामा निर्माण भएको ८२,०९५ वर्गफिट बराबरको १३२ वटा इकाई पसल कवलहरु र १३२ वटा सटरहरु नै धितो राखेको थियो ।



प्रतिक्रिया दिनुहोस्