काठमाडौं, २६ बैशाख । काठमाडौं महानगर मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरपालिका स्वच्छ, सफा, सुन्दर र सुशासन बनाउने आफ्नो लक्ष्य भएको बताएकी छिन् । काठमाडौं चेतनशील राष्ट्रिय व्यवसायीक समाजले उम्मेदवारसँग मतदाता भन्ने विषयमा राखिएको छलफल कार्यक्रममा बोल्दै समृद्ध भईसकेको शहरलाई व्यवस्थापन गर्ने बताईन।
सेवा, सुशासन, शिक्षा स्वास्थ्य तथा समाजिक सुरक्षा र सुरक्षित काठमाडौं शहरनै हामी सबैको सपना हो सिंहले भनिन्। सिंहले आफुले मेयर भएपछि गर्ने ७ वटा संकल्प आगाडि सारेको बताउँदै दिगो पर्यावरण संस्कृति र सम्पदाको संरक्षण सहितको सृजनशील महागरवासी बनाउने उद्घोष समेत गरिन्। ‘काठमाडौं समृद्ध छ, व्यवस्थापन नभएको हो, मेरो जिम्मेवारी व्यवस्थापन गराउने हो ।’– सिंहले भनिन् ।
ठुला सपना देखाउने भन्दा पनि गर्न सकिने र गर्नपर्ने कामको सूची आफुसंग रहेकोले सबैको सहकार्य गरेर काठमाडौं सुधार्ने अभियानमा सफल हुने समेत दावी सिंहले गरिन्।
काठमाडौं बनाउनुको विकल्प नरहेको बताउदै पार्टीले निकालेको घोषणापत्र र आफ्नो संकल्प पत्रलाई हेरेर नै काठमाडौंको विकास गर्ने सिंहले बताईन।। अहिलेको नेतृत्वले फोहोरो समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको समेत सुनाइन्।
काठमाडौंको फोहोर घरघरबाटै व्यवस्था गर्न सकिने विज्ञहरुले सुझाव दिएको बताउँदै फोहोरलाई विना कारण ठुलो समस्या बनाएको समेत सिंहले बताईन।
‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउदाँ नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भनिन्। ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो ।,’ घरघरबाटै सबैलाई महानगरले सेवा दिने समेत उनले प्रतिवद्धता जनाइन् ।
सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिड्ने वातावरण बनाउने समेत सिंहले बताईन। ‘काठमाडौं ७७ जिल्लावासीको महानगर हो, सबैको सुरक्षाको जिम्मा लिन छु,ञ सिहंले भनिन। महिला होस वा पुरुष सबैलाई आत्मनिर्भर बनाउनेनै मेरो दायित्व हुने समेत सिंहले बताईन। अब काठमाडौंमा पार्क र पोखरी बन्छन, खुल्ला मैदान सुरक्षित हुन्छन ।’– सिंहले भनिन्। ३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउने तर व्यापारी कम्लेक्स नबनाउने त्यो निजी क्षेत्रले बनाउन दिने समेत प्रतिवद्धता जाहेर गरिन् । यहाँ महानगरको जग्गा व्यापारिक कम्लेक्स बनाएर सकाउने काम भएको बताईन।
काठमाडौं २४ घन्टा खुला राखेर चुस्त सार्वजनिक यातायातको सेवा दिलाउने र पीपीपी मोडलबाट सार्वजनिक यातायात सुधार गर्ने समेत सिंहले भनिन। सार्वजनिक यातायातको समस्याले निजी सवारी बढेको र ट्राफिसको समस्या समाधान हुन नसकेकोले सार्वजनिक यतायातामा मुख्य जोड दिने समेत सिंहले बताईन ।