Logo

डोटीमा आलेको रणनीतिले चुनावमा काम गर्ला



काठमाडौं, २६ वैशाख । डोटीमा २०७४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले सफलता हासिल गरेको थियो । एमालेले ९ पालिकामध्ये ५ मा जित हासिल गरेको थियो । नेपाली काँग्रेसले ३ र माओवादी केन्द्रले एक पालिका जितेको थियो ।

पाँच वर्षमा नदीमा धेरै पानी बगिसकेको छ । नेकपा एमाले विभाजित भएको छ । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले नेकपा एकीकृत समाजवादीमा छन् । उनी पर्यटनमन्त्री पनि छन् ।

डोटीको स्थानीय निकायको निर्वाचनमा आलेकै पहलमा नेकपा माओवादी केन्द्रसँग नेकपा माओवादी केन्द्रको गठबन्धन भएको छ । नेपाली काँग्रेस र नेकपा एमाले भने एक्ला एक्लै चुनावी मैदानमा छन् ।

एमालेको फुटको फाइदा लिन काँग्रेस सक्रिय छ । एमाले फुटका बाबजुद विगतको साख जोगाउन लागिपरेको छ ।

माओवादी केन्द्र र नेकपा एसको गठबन्धनबाट चुनावी सफलता हासिल गर्न आले रणनीतिक तरिकाले लागेका छन् । उनी चुनावमा प्रत्यक्ष नलागेपनि आफ्ना उम्मेदवारलाई जिताउन अप्रत्यक्ष रुपमा लागेका छन् । माओवादीले पनि नेकपा एससँगको गठबन्धनबाट चुनावी फाइदा लिन खोजिरहेको छ । अब आउने परिणामले आलेको समेत प्रारम्भिक परीक्षण हुनेछ । उनले यसकारण पनि पालिकाको चुनावलाई महत्व दिएर भित्री सक्रियता देखाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot