काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ । बैंकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पु¥याउने उद्घेश्यले बैशाख २६ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।
नयाँ खोलिएका शाखाहरुमा ८२ औँ शाखा कपिलबस्तुको शिवराज नगरपालिका ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखा बर्दिया जिल्ला मधुवन नगरपालिका ८, स्थित ताराताल शाखा रहेका छन् ।
बैंकको चन्द्रौटा शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सांसद अर्जुन के.सीले संयुक्त रुपमा गरेका हुन् । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरेका हुन् ।
यी दुई शाखा सहित यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । निकट भविष्यमा कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणीमा समेत गरी थप ३ शाखाहरु खोल्ने तयारी गरेको छ ।