Logo

आफ्नो गाउँ पुगेका देउवाले भने-कांग्रेसलाई विजयी गराउनुहोस, म विकास गर्छु



डडेल्धुरा, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेका छन् । गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,“यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।”

आफ्नो गाउँठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे। उनले भने,“पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्