Logo

प्रचण्डलक्षित ओलीको टिप्पणी-धम्क्याउने बानी अझै गएको रहनेछ (भिडिओसहित)



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले जनता धम्क्याउने काम गरेको बताएका छन ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललक्षित कडा टिप्पणी गरेका छन् । उनले भने,”यिनीहरुको काम नै जनता धम्क्याउने हो । यिनीहरुको धम्क्याउने बानी अझै गएको छैन्, चितवनको भाषणा हेर्नुहोस त ।”

आज (सोमबार) ललितपुरमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले गठबन्धन सरकारले देशलाई दुरावस्थामा पुर्‍याएको पनि आरोप लगाए ।

आफ्नो नेतृत्वको सरकारको पालामा देशमा विकास निर्माणको कामले गति लिएको पनि उनले दाबी गरे । “विकासका लागि पैसा छैन भनेको कहिल्यै सुन्नुभो ?’ ओलीले भने, ‘एमाले सरकार आउँ लच्छिनै लच्छिन, गठबन्धन आएपछि अलच्छिनै अलच्छिन । अहिले बाटो बनाउन, अस्पताल बनाउन, कलेज बनाउन केही गर्न पनि पैसा छैन ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot