![](https://reportersnepal.com/wp-content/uploads/2022/05/Sanju-Chaudhary-768x640.jpg)
काठमाडौं, २७ बैशाख । भारोत्तोलन खेलाडी सन्जु चौधरी आज बन्द कोठामा झुण्डिएको अवस्थामा भेटिएकी छिन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको घरमा बसेको खुलेको छ ।
ललितपुरको लुभुस्थित महर्जनको घरमा आज बिहान ६ बजे चौधरी मृत अवस्थामा भेटिएको हो । तर, घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले जनाएको छ । उनले १३र्औ दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक पदक जितेकी थिइन् ।