रुपन्देही, २७ बैशाख । कपिलवस्तुमा उपप्रमुखको उम्मेदवारको मृत्यु भएको छ ।
महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार बनेकी शुभावति कुर्मीको मृत्यु भएको हो ।
निवर्तमान उपप्रमुख समेत रहेकी कुर्मीको हृदयघातका कारण तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो ।
उनी महाराजगन्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा हुन् ।