Logo

महालक्ष्मीमा जयकृष्ण बोगटी यसरी बने लोकप्रीय



ललितपुर २७ वैशाख । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्षमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका जयकृष्ण बोगटीले जेष्ठ नागरिक, युवा र महिलाका लागि विशेष योजना ल्याउने प्रतिवद्धता जनाएका छन् ।

बोगटीले ६५ वर्ष उमेर पुगेका नागरिकलाई हरेक महिना घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण, आवश्यक परेमा रोग अनुसार निःशुल्क औषधि वितरण, सहज सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता ल्याएका छन् ।

युवा स्वरोजगार कार्यक्रम ल्याई महालक्ष्मी ९ मा बेरोजगारमुक्त अभियान नै चलाउने योजना समेत ल्याएका छन् । स्वरोजगार तालिम, प्रविधिमैत्री वडा बनाउने उनको योजना रहेको उल्लेख छ ।

जयकृष्ण बोगटी महालक्ष्मीमा जो कोही अप्ठ्यारोमा पर्दा सहयोगका लागि सदा तत्पर हुने समाजसेवीका रुपमा लोकप्रीय छन् । उनी वर्षौ देखि घर घर पुगेर वडावासीको समस्या बुझ्ने र समाधानको पहल गर्ने युवाका रुपमा चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस्