काठमाडौं, २७ बैशाख । निर्वाचन आयोगले आयोगकै पुर्वप्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको अनुमति नदिने भएको छ ।
यादव कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको कारण आयोगले उनको नाम पर्यवेक्षकको रुपमा अस्विकृत गरेको हो ।
उनी दलमा आवद्ध रहेको जानकारी पाएलगत्तै आयोगले अनुमति नदिएको आयोगले जनाएको छ । उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले पुर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ट श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमति दिँदै आएको छ।