ललितपुर, २७ वैशाख । महालक्ष्मी नगरपालिकामा कलम चिन्ह लिएर नेकपा एसका उम्मेदवार बनेका नकुल थापाको पक्षमा रोचक तरिकाले माहोल तातेको छ । वडा नं ७ का निवर्तमान वडाध्यक्ष समेत रहेका थापाले आफ्नो वडामा मात्र नभई बाहिर समेत विकासनिर्माणमा विगतमा सक्रिय उपस्थिति देखाएको रेकर्डका कारण पनि माहोल तातेको हो ।
थापा सामाजिक कार्यमा जहाँ बोलाउँदा पनि पुग्ने र सकेको सहयोग गर्ने स्वभावका रहेको बुझिएको छ । कुनैपनि सामाजिक कार्यक्रम आयोजना गर्दा थापाले तन, मन र धनले सहयोग गर्ने गरेकाले पाँच वर्षबीच महालक्ष्मी नगरपालिकामा भएका समुदायले गरेका निर्माणका शिलालेखहरुमा उनको नाम देख्न सकिन्छ ।
सामाजिक क्षेत्रमा हरेक ठाउँमा बोलाएको ठाउँमा पुग्ने स्वभावका कारण पनि नकुल लोकप्रीय बन्न सके । उनी मर्दापर्दा पुगिहाल्ने समाजसेवीको परिचय बनाउन पनि सफल भए ।
महालक्ष्मीमा गठबन्धनबाट नेकपा एसको कलम चिन्हबाट नकुल थापा र माओवादी केन्द्रबाट शिव कट्टेल उम्मेदवार छन् । तर, नकुल महालक्ष्मीमै जन्मे हुर्केको र हरेक वडामा साथीभाई, इष्टमित्र रहनुको अलावा अति सहयोगी हुनुले पनि माहोल पक्षमा पार्न सफल हुन थालेका छन् ।
स्वतःस्फूर्त रुपमा नकुलको पक्षमा महोल तातेपछि लहर नै आउन थालेको बुझिएको छ । उनले आफू महालक्ष्मीको सेवाका लागि सधै समर्पित भएको र भविष्यमा पनि भइरहने बताए । उनले भने,‘महालक्ष्मीको सेवामा समर्पित हुन पाइराखुँ, यसमा कहिले पछि हट्दिनँ र पर्दिनँ ।’