Logo

गठबन्धन लोकतन्त्र र संविधानको रक्षा गर्न हो : सचेतक क्षेत्री



अर्घाखाँची, २६ बैशाख। नेपाली कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले गठबन्धनको आबस्यकता लोकतन्त्र बचाउन र संविधानको रक्षा गर्नको लागि भएको बताएका छन्।

नेपाली काङ्ग्रेसको छत्रदेव गापा वडा नम्बर ८ मा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदै क्षेत्रीले यस्तो बताएकी हुन् ।

आम जनताको रगत ,पसिनाको बलले लिएको संविधान लाई नेकपा एमालेले दुर्घटना तर्फ लैजाने क्रममा आज गठबन्धनले रोक्न सफल भएको बताएका हुन् ।

आफूहरु जनताको बिश्वासलाई बिच बाटोमा छोडेर संविधानको मर्मलाई कुल्चने नेकपा एमालेको प्रयासलाइ रोक्न सफल भएको उनको भनाई थियो ।

संविधान मास्नेलाई भोट माग्ने अधिकार नभएको समेत उनको टिप्पणी छ ।

उनले वैशाख ३० गते हुने चुनावमा पैसाले भोट किन्न खोज्नेहरुमाथि आम जनता सचेत हुनुपर्नेमा जोड दिईन् ।

नेता क्षेत्रीले छत्रदेवलगायत सबै पालिकामा गठबन्धन जित सुनिश्चित रहेको पनि बताईन् ।



प्रतिक्रिया दिनुहोस्