Logo

नेप्सेमा हरियाली छाउँदा १ अर्बमा सिमित कारोबार



काठमाडौं, २७ बैशाख । साताको तेस्रो दिन आज शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसुचक आज ४४ दशमलव १६ अंकले बढेर २३ सय १३ विन्दु कायम भएको हो ।

त्यस्तै, सेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६७ अंकले बढेर ४४७ दशमलव १४ विन्दुमा पुगेको हो ।

मंगलबार २२६ कम्पनीको १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको ३३ लाख ३० हजार १५० कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्