Logo

रेनुलाई हराउने र प्रचण्डलाई टार्गेट गर्ने केपी ओलीको सम्पूर्ण रणनीति छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २७ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको पाँच दलीय गठबन्धन यदि यताउति भयो भने देश फेरि दुर्घटनामा जानसक्छ भनेर आफूले आम जनतालाई अपिल गरेको स्पष्ट पारेका छन् । पछिल्लो समय प्रचण्डले मतदातालाई धम्क्याएको भनेर समाचार आएको बेलामा उनको यस्तो भनाई आएको हो ।

आज (मंगलबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक असंवैधानिक र अलोकतान्त्रिक तरिकाले सदन विघटन गरेको स्मरण गराउँदै ओली यो गठबन्धन तोड्नुपर्छ भनेर लागिरहेको पनि आरोप लगाए ।

उनले आफ्नी छोरी रेनु दाहाले भरतपुरको मेयरमा जित्नु र हार्नसँग सिंगै गठबन्धनको कुनै सम्बन्ध नरहेको पनि जिकिर गरे । उनले भने–‘मैले त गठबन्धन विजयी भएन भने देशमा दुर्घटना हुनसक्छ भनेको हो । यो कुरा त मैले जहाँ पनि भनेको छु । रेनुलाई हराउने प्रचण्डलाई टार्गेट गर्ने केपीको सम्पूर्ण रणनीति छ ।’ पूरा भिडिओ आज राति ८ः०० बजे प्रशारण हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot