Logo

आजदेखि जेठ २ गतेसम्म विद्यालयहरु बन्द



काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विद्यालयहरु ६ दिनसम्म बन्द हुने भएका छन् ।

मतदानको दिन मात्रै एक दिन विद्यालय बिदा दिने सरकारले निर्णय गरेपनि सामुदायिक विद्यालयहरुलमा मतदान केन्द्र राखको हुनाले स्कुलहरु आजैदेखि बन्द गरिएको हो ।

शिक्षकहरु पनि मतदान गर्न जानुपर्ने हुन्छ । त्यसो त शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा आजदेखि तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

जेठ १ गतेदेखि सरकारले आइतबारको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेठ २ गते सोमबार बुद्ध जयन्ती परेको हुनाले मंगलबारदेखि मात्र विद्यालय खुल्ने भएका हुन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंबाट गाउँ फर्कनेको भिड लागेको छ । खासगरी काठमाडौंका मुख्य नाकामा गाउँ फर्कनेको लर्को लागेको हो ।

नयाँ बसपार्क, बल्खु, कोेटेश्वर र कलंकीलगायतका नाकामा गाउँ फर्कनेको भिड लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot