Logo

चुनावको दिन हवाई उडानबाट आएका यात्रुलाई होटल पु¥याउन सटल बस सञ्चालन गरिने



काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानको दिन अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने हवाई यात्रुलाई होटलसम्म पु¥याउन सटल बस सन्चालनमा गरिने भएको छ ।

नेपाल टुरिस्ट भेहिकल एसोसिएसन, टुरिस्ट बस एसोसिएसन अफ नेपालसँग समन्वय गरेर नेपाल पर्यटन बोर्डले पर्यटन प्रहरीको सहयोगमा सटल बस सन्चालनमा ल्याउने भएको हो । बोर्डको अनुसार उक्त दिन तीनवटा रुटमा सटल बस सन्चालन हुनेछन् ।

एउटा रुट एयरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–याक एन्ड यती–ठमेल चोक–लैनचोर चोक–शंकर होटल–एम्बासडर होटल–एयरपोर्ट हुनेछ ।

अर्को, एयरपोर्ट–होटल ¥याडिसन–सांग्रिला होटल–नारायणगोपाल चोक–महाराजगन्ज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एयरपोर्ट हुनेछ र

तेस्रो एयरपोर्ट–तीनकुने चोक–होटल एभरेस्ट–माइतीघर चोक–होटल हिमालय–होटल सोल्टी–ग्रान्ड होटल–एयरपोर्ट रहने पर्यटन बोर्डले जनाएको छ।

हवाई यात्रुले बसमा चढ्न हवाई टिकट र पासपोर्ट देखाउनुपर्नेछ भने यात्रुका लागि ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्