Logo

विद्यालयमा अबबाट साताको शनिबार र आइतबार बिदा



काठमाडौं, २८ वैशाख । अब विद्यालय साताको दुई दिन बिदा हुने भएको छ । शनिबार र आइतबार विद्यालयमा पनि सार्वजनिक बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

आज बसेको मन्त्रालयको बैठकले १ जेठबाट लागू हुने गरी हरेक साता शनिबार र आइतबार देशभरका विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
यसअघि शनिबार मात्र विद्यालय बिदा दिने सरकारी नियम थियो । शुक्रबार आधा दिन मात्र विद्यालय चलाउने व्यवस्था थियो ।

सरकारले हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा, पर्व बिदाहरु कटौती गरी अधिकतम ३० दिनमात्र बिदाको व्यवस्था गरेको छ । यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदाको व्यवस्था थियो । अब हरेक वर्ष २० दिन बिदा कटौती गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्